
१७ भदौ २०७५, काठमाडौँ
नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की नेपाली फिल्म क्षेत्रका निकै चर्चित जोडि हुन् । यि दुईले चाँडै नै विवाह पनि गर्दै छन् । प्रियंका र आयुष्मानलाई फिचरिङ गराईएको मनकी उजेली बोलको गीत भर्खरै सार्वजनिक भएको छ ।
नारायण भण्डारीको शब्द संगीत रहेको गीतमा दिपक महर्जनको आवाज रहेको छ । भिडियोमा प्रियंका र आयुष्मानका साथ चर्चित बाल कलाकार अनुभव रेग्मीलाई पनि देख्न सकिन्छ । गीतलाई सुवल थापाले कोरियोग्राफी गरेका हुन् ।





