गुण्डा नाइके दावा लामा पक्राउ



१७ भदौ २०७५, काठमाडौैं

गुण्डा नाइके दावा लामा पक्राउ परेका छन्। लामालाई प्रहरीले दुबईबाट दिल्ली हुँदै काठमाडौं आउने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रकाउ गरेको हो। लामा तरुण दल काभ्रेका जिल्ला अध्यक्ष हुन्। लामालाइ प्रहरीले अनलाइन सट्टेबाजी गरेको आरोपमा खोजि गरिरहेको थियो।

लामामाथि २०७३ चैत २९ गते काठमाडौंको गौरीघाटमा चार राउण्ड गोली प्रहार भएको थियो। लामालाई प्रहरीले विभीन्न अभियोगमा पटक पटक पक्राउ गरि छोड्दै आएको छ।

यसैबीच नेपाल तरुण दलले लामा पक्राउ परेलगत्तै प्रेस विज्ञप्ती जारी गर्दै उनको विना सर्त रिहाईको माग गरेको छ। एक लोकतन्त्रवादी माथि अनायासै भएको धरपकडले आफुहरुको गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तीमा उल्लेख छ।

आजको नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्