काठमाडौं विमानस्थल ११ घण्टापछि संचालनमा



१७ भदौं २०७५, काठमाडौं

शनिबार राति ८:३५ देखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १२ घण्टापछि संचालनमा अाएकाे छ । अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानतर्फ धाँसिएकाे यती एयरलाइन्सकाे विमान हटाएपछि विमानस्थल संचालनमा अाएकाे हाे ।

मुलुककाे एकमात्र अन्तरराष्ट्रिय विमानस्थल बन्द भएपछि शनिबार रातियता अान्तरिक र अन्तरराष्ट्रिय उडान ठप्प भएकाथिए।

नेपालगञ्जबाट काठमाडाैं उत्रिएकाे उक्त विमानमा चालक दलसहित २१ जना यात्रु थिए। जहाजमा रहेका ५ यात्रुलाई सामान्य चोट लागेकोथियाे। चालक दल र अरु यात्रुको अवस्था सामान्य छ। अवतरणका क्रममा जहाज चिप्लिँदा अगाडिकाे ल्याडिंग गियर भाँच्चिदाँ विमान धावनमार्गमै अड्किएकाे थियाे।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहान ८:३० बजे चिप्लिएकाे विमान धावनमार्गबाट हटाएर विमानस्थल संचालनमा अाएकाे बताए। लगातारकाे वर्षा र हिलाेका कारण विमान हटाउन ढिलाई भएकाे थियाे। दर्जनाैं उडान राेकिँदा सयाै‌ं यात्रु विमानस्थलमा अलपत्र परेका थिए।

यो समाचार कान्तितपुर दैनिकमा साभार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्