एकै बेडमा ३ गर्भवती, चाप थेग्न नसक्दा चिकित्सक हैरान



१७ भदौ २०७५, काठमाडौं

पर्याप्त बेड नहुँदा पनि कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमा प्रसुतीका बिरामीको बिजोग भएको छ ।

दैनिक चाप थेग्न नसक्दा एकै बेडमा ३ जनासम्म बिरामी राख्नुपर्ने र कतिपयलाई भुइँमै उपचार गराउनुपर्ने बाध्यता छ ।

प्रतिष्ठानमा मातृशिशु स्याहार केन्द्र थप्न २ बर्षअघि भवन निर्माण सुरु भए पनि बीचमै रोकिँदा बिरामी मारमा परेका हुन् ।

प्रतिष्ठानको प्रसुती बिभागमा दैनिक क्षमता ३० जनाको मात्र छ ।
तर चौबीस घण्टामा ६० देखि ८० जना प्रसुतीका लागि आउने गरेका विभागका प्रमुख डा.मोहनचन्द्र रेग्मीले जानकारी दिए ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्