बाहिरी चक्रपथः ‘ल्यान्ड पुलिङ’ मापदण्ड विपरीत कित्ताकाट



१६ भदौ २०७५,काठमाडौं

सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ आयोजनामा तोकिएको सडकसीमाभित्र ‘ल्यान्ड पुलिङ’ मापदण्डविपरीत जग्गा कित्ताकाट गरिएको भन्दै उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीसँग स्पष्टीकरण मागेको छ ।

कान्तिपुरको पृष्ठ ५ मा छापिएको समाचारअनुसार, चोभार सतुंगलबीचको करिब ६ किलोमिटर खण्डमा ३ आनाभन्दा कम जग्गा कित्ताकाट गरिएको पाइएको मन्त्रालयले जनाएको छ ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पछिल्लो समय उक्त खण्डमा कित्ताकाट गर्दा व्यापक चलखेल भएको भन्दै तिवारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन् ।

जति बढी कम क्षेत्रफलमा कित्ताकाट भइ जग्गा बिक्री हुन्छ, ल्यान्ड पुलिङको मापदण्डअनुसार सरकारले आयोजना अघि बढाउँदा राज्यलाई उत्ति बढी आर्थिक व्ययभार पर्छ ।

अहिलेकै अवस्थामा ल्यान्ड पुलिङ गर्दा झन्डै ५० अर्ब रुपैयाँभन्दा बढी भार पर्ने जनाइएको छ ।

ल्यान्डपुलिङ भनेको ढल, बाटो, खुला क्षेत्र तथा भौतिक पूर्वाधार विकास गरी कित्ताहरु पुनः छुट्याएर साबिक जग्गाधनिलाई नै फिर्ता दिने विधि हो ।

प्रतिक्रिया दिनुहोस्