
१५ भदौ २०७५ काठमाडौँ
नायक विपिन कार्की नेपालका छोटो समयमा चर्चा कमाउन सफल र निकै व्यस्त अभिनेता हुन् । विपिन कार्कीले खेलेका केहि चलचित्रहरु सफल भएका छन् भने असफल पनि भएका छन् । हाल विपिन एक पुस्तक लेख्नमा व्यस्त छन् । नायक भएपनि आफुलाई साहित्यमा निकै रुचि भएको विपिन बताउँछन् ।
उनले आफ्नै जीवनमा आधारित घटनालाई समेटेर पुस्तक लेख्न लागेका हुन् । आफ्नो फिल्मी जीवनको संघर्ष र परिश्रमलाई समेटेर उनले पुस्तक लेख्ने तयारी गरेका छन् । उनले आफ्नो पुस्तक २०७६ सालमा पब्लिस गर्ने योजना रहेको बताएका छन् । उनले लेखेको पुस्तक बुकहिल पब्लिकेशनद्धारा प्रकाशित गरिने छ ।





