
१४ भदौ २०७५, काठमाडौँ
नायिका स्वेता खड्का नेपालकी निकै चर्चित र लोकप्रिय नायिका हुन् । चलचित्र कहाँ भेटिएला बाट नेपाली चलचित्र क्षेत्रमा पाईला चालेकी स्वेता स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी श्रीमती पनि हुन् ।
नायिका स्वेता खड्का अहिले बिरामी भएकी छिन् । उनलाई छालाको इन्फेक्शन भएपछि उनी पुरै बेड रेस्टमा छिन् । स्वेता अहिले केहि गर्न सक्ने र कसैलाई भेट्ने अवस्थामा छैनन् । केहिदिन अगाडि मात्र आफ्नो चलचित्र कान्छिको विशेष शो का लागि अमेरिका पुगेकी स्वेतालाई अमेरिकामा हुँदा नै शरीरमा राता फोकाहरु देखिन थालेका थिए । तर नेपाल फर्किने क्रममा उनको इन्फेक्शन शरीरभरि फैलिएको स्वेता बताउँछिन् ।
उनी अहिले औषधी सेवन गरिरहेकी छिन् । डक्टरको सल्लाह अनुसार उनी रेस्टमा छिन् । औषधी सेवन गर्न थालेदेखि इन्फेक्शन केहि कम भएको स्वेताको भनाई छ ।





