नेपाल आईडल सिजन २ मा २० हजार प्रतिस्पर्धीकोे सहभागिता



१४ भदौ २०७५, काठमाडौँ

नेपालमा अत्याधिक हेरिने र दर्शकले निकै रुचाएको ए.पी वान टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटि शो नेपाल आईडलको सिजन २ को अडिसन भर्खरै सकिएको छ । पहिलो सिजन भव्यताका साथ सम्पन्न भएपछि दोस्रो सिजन पनि ल्याईएको हो ।

नेपाल आईडल गायनमा आफ्नो भविष्य खोजीरहेका व्यक्तिहरुको लागि एकदमै ठूलो प्ल्याट्फर्म हो । नेपाल आईडलमा आएर धेरै प्रतिस्पर्धीीहरुले आफ्नो प्रतिभा देखाउने मौका पाएका थिए । नेपाल आईडलले गीत गाउन इच्छुक व्यक्तिहरुलाई एकदमै सुनौलो अवसर दिएको छ । त्यस्तै नेपाल आईडल सिजन १ मा नेपालभरि जम्मा १५ हजार प्रतिस्पर्धीहरुले सहभागी जनाएका थिए । नेपाल आईडल नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपालीले पनि खुब हेर्ने गर्छन् । नेपाल आईडल सिजन १ मा आएका प्रतिस्पर्धीहरुमध्ये कतिले आफ्नो आवाजले दर्शकको मन जित्दै सफलता हासिल गरे भने कतिले पहिलो प्रयास असफल भएपछि सिजन २ मा पनि आफ्नो प्रतिभा देखाउन आए ।

नेपाल अईडल सिजन १ भन्दा २ अझ् भव्य हुने नेपाल आईडलका निर्देशक सुरेश पौडेलले बताए । अझ् रमाइलो कुरा त के छ भने नेपाल आईडल सिजन १ मा १५ हजार प्रतिस्पर्धी आएका थिए भने यस बर्ष २० हजार भन्दा बढी प्रतिस्पधीले अडिसन दिएका छन् । भर्खरै अडिसन राउण्ड सकिएको नेपाल आईडल सिजन २ मा नेपाल आईडलको सानो इतिहासमा पहिलो पटक ४ प्रतिस्पर्धीले गोल्डेन माइक पाउन सफल भएका छन् । नेपाल आईडल सिजन २ का अन्य रोचक एपिसोडहरु हेर्न बाँकि नै छ ।

 

प्रतिक्रिया दिनुहोस्