काउली बुढीसँग चलचित्रमा देखिदैँ नेपाल आईडलका झक्कड थापा



१४ भदौ २०७५, काठमाडौँ

नेपाल आइडल सिजन १ मा अडिसनमा आएर सबैलाई हसाउँन र सबैको मन जित्न सफल भएका प्रतिस्पर्धी हुन् झक्कड थापा । नेपाल आइडल सिजन १ मा अडिसन दिन आए लगत्तै भाइरल भएका झक्कड नेपाल आइडलको अडिसनपछि एकाएक हराएका थिए । तर नेपाल आइडल सिजन २ सुरु भएसँगै उनी मिडियामा खुब छाउन थालेका छन् ।

झक्कड थापा हेर्दा रमाइला भएपनि उनको आफ्नै दुःखको कथा छ । ८ कक्षामा पढ्दै गर्दा विवाह गरेका झक्कडका २ छोराहरु पनि छन् । पारिवारिक स्थितिले गर्दा सानो उमेरमा विवाह गरेका झक्कडले आर्थिक स्थिति कमजोर भएका कारण  आफ्नो पढाईलाई निरन्तरता दिन पाएनन् । आर्थिक स्थिति कमजोर भएकै कारण उनी पैसा कमाउनको लागि भारतमा बसेर काम गर्दै थिए ।

यिनै झक्कड थापा नेपाल आईडलमा आफ्नो पहिलो प्रयास असफल भएपछि फेरि  अर्को आशा बोकेर नेपाल आईडल सिजन २ मा पनि आएका थिए । तर विडम्बना उनको दोस्रो प्रयास पनि असफल हुन पुग्यो । तर नेपाल आईडलको यात्रामा असफल भएपनि झक्कडको लागि फिल्म खेल्ने अफर आएको छ । उनलाई अहिले खोजी खोजी मिडियामा ल्याउने अरुण लामाले उनलाई सर्ट मुभिमा खेलाउने भएका छन् । अझ् रमाईलो कुरा त के छ भने नेपाल आइईडलका दुई रमाइला प्रतिस्पर्धी एकसाथ सर्ट मुभिमा देखिने भएका छन् । झक्कड थापा नेपाल आईडल सिजन २ की प्रतिस्पर्धी काउली बुढीसँग मुभिमा देखिने भएका छन् ।

झक्कड थापालाई सबैले चिन्थे तर उनको जीवनको कथाबारे कमैलाई मात्र थाहा थियो । झक्कड थापाले सानै उमेरदेखि नै घरपरिवारका लागि निकै कष्ट गरेका छन् । यिनै झक्कडलाई अहिले भने सहयोगका हातहरु आएका छन् । केहि व्यक्तिहरुले उनलाई सहयोग गर्दै छन् भने केहिले सहयोग गर्ने आश देखाएका छन् । झक्कड थापा हाल काठमाडौँमा अरुणसँग बसिरहेका छन् । झक्कड थापा र काउली बुढी एकसाथ कस्ता देखिन्छन् त्यो भने हेर्न बाँकी नै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्