नायक यशकुमारद्धारा निर्मित चलचित्र छिरिङको टिजर सार्वजनिक



१३ भदौ २०७५, काठमाडौँ

यशकुमार परियार नेपालका स्थापित नायक तथा गायक हुन् । आजभोली नेपाली कलाकार निर्देशनमा हात हालिरहँदा यशकुमारले पनि चलचित्र निर्देशन गरेका छन् । उनले  निर्देशन गरेको चलचित्र छिरिङ को अफिसियल टिजर सार्वजनिक भएको छ ।

बहुविवाहमा आधारित चलचित्र छिरिङलाई सुनिल प्रधान र नबिन बुढाथोकीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र छिरिङ मा यश कुमारका साथ नेपालका चर्चित गायक निमा रुम्बा र कामना भुजेलको पनि प्रमुख भूमिका रहेको छ । चचित्र असोज १२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्