अर्को बर्ष आउँदैछ नाई नभन्नु ल ६



१३ भदौ २०७५, काठमाडौँ

वि.सं २०६७ सालमा निर्माण भएको चलचित्र नाई नभन्नु ल अहिले पाचौँ सिरिजसम्म आईपुगेको छ । चलचित्र नाई नभन्नु ल देखि नै हरेक सिरिजिहरु निकै सफल हुँदै आएको चलचित्र नाई नभन्नु ल ५ सम्म आइपुग्दा दर्शकले यो चलचित्रलाई निकै रुचाएका छन् ।

प्रत्येक सिरिजहरुमा फरक कथा र नयाँ अनुहारहरु देखिने चलचित्र नाई नभन्नु ल को ५ औँ सिरिज अहिले भव्यताका साथ प्रदर्शन भैरहेको छ । अब नाई नभन्नु ल ६ पनि बन्ने भएको छ । विकाश आर्चायद्धारा निर्मित चलचित्र नाई नभन्नु ल ६ अर्को बर्ष २०७६ सालमा आउने पक्का भएको छ । खाली एउटै नामको चलचित्र बनायो भन्दै विकाश आर्चायलाई आलोचना आइरहँदा विकाशले अब नाई नभन्नु ल का सिरिजलाई धेरै नबढाउने बताएका छन् ।

नाई नभन्नु ल ६ का लागि  अनुभव रेग्मी अनुबन्धित भैसकेका छन् भने अन्य कलाकारहरु छनोट हुने क्रममा छन् । नाई नभन्नु ल २ देखि जोडिएका अनुभव नाई नभन्नु ल ६ मा पनि आउने भएका छन् । नाई नभन्नु ल पछि विकाशले नीरञ्जना र हजार जुनीसम्म नामक चलचित्र निर्माण गर्ने बताएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्