
१३ भदौ २०७५, काठमाडौँ
नायिका दिया मास्के र अहिलेका हिट अभिनेता प्रशान्त ताम्राकार प्रमुख भूमिकामा रहेकोे चलचित्र कस्मिक लभ को कोया कटरको बोलको गीत सार्वजनिक भएको छ ।
दिनेश सुवेदिको शब्द र बाबुल गिरीको संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्ताङको आवाज रहेको छ । रबिन शाहको कोरियोग्राफी रहेको गीतमा प्रशान्त र दियालाई फिचरिङ गराइएको छ । चलचित्र कस्मिक लभको प्रदर्शन मिति भने तय भएको छैन ।





