आमिरले गरे ‘महाभारत’ को लागि प्रभासलाई अफर



१३ भदौ २०७५, काठमाडौँ

आमिर खान बलिउडका निकै चर्चित र व्यस्त अभिनेता हुन्  । बलिउडका कलाकार चलचित्र निर्माणमा आजभोली खुब जम्न थालेका छन् । यस्तैमा अभिनेता आमिर खानले पनि चलचित्र निर्माण गर्ने भएका छन् । उनले मुकेश अम्बानीसँग मिलेर चलचित्र महाभारत निर्माण गर्न लागेका हुन् ।

चलचित्र महाभारत मा समर्ग रुपमा महाभारत को कथा देखाइने निर्माण टिमले बताएको छ । उनले यो चलचित्र चलेपछि नाफाको ७० प्रतिशत आफूले पाउने सहमतिमा चलचित्र निर्माणमा हात हालेका हुन् । यस चलचित्रका कलाकारहरु छनोट हुने क्रममा छन् । चलचित्रमा भगवान् श्रीकृष्णको  भूमिकामा आमिरले आफैँलाई छनोट गरेका छन् । त्यसैगरी उनले चलचित्रमा प्रभासलाई पनि अफर गरेका छन् । प्रभास तामिल चलचित्रका निकै चर्चित नायक हुन् । चलचित्र बाहुबली रिलिजपछि बलिउडमा पनि उनको डिमाण्ड खुब बढेको देखिन्छ ।

यो चलचित्रमा प्रभास हुने लगभग फइनल भैसकेको छ । प्रभास हाल तामिल चलचित्रको सुटिङमा व्यस्त छन् । चलचित्रमा द्रौपदीको भूमिकामा नायिका दिपिका पादुकोणलाई लिने चर्चा चलेको छ । तर उनी फइनल भने भएकी छैनन् । महाभारत बलिउडको अहिलेसम्मको सबैभन्दा महंगो चलचित्र बन्ने निर्माण टिमले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्