धिरज र साम्राज्ञी स्टारर चलचित्र इन्टु मिन्टु लण्डनमा को ट्रेलर रिलिज



१३ भदौ २०७५, काठमाडौँ

नेपालकी बहुचर्चित र डिमाण्डेड नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक धिरज मगर स्टारर बहुप्रतिक्षित चलचित्र इन्टु मिन्टु लण्डनमा को अफिसयल ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्र इन्टु मिन्टु लण्डनमा को यस अगाडि रिलिज भएका दुई वटा गीतले दर्शकको मन जितिसकेको छ । ट्रेलर पनि उत्कुष्ट बनेकाले दर्शकको मन जित्न सकिने कुरामा ढुक्क रहेको चलचित्र निर्माण टिमको भनाई छ । चलचित्रमा धिरज र साम्राज्ञी नै मुख्य भूमिकामा रहेका छन् ।

चलचित्रलाई प्रभु एस.जे.बी राना र प्रज्वल एस.जे.बी रानाले संयुक्त रुपमा निर्माण गरेका हुन् भने चलचित्रलाई नृत्य निर्देशक रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन् । चलचित्र इन्टु मिन्टु लण्डनमा धिरज र साम्राज्ञीका साथ विजय लामा, सरुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, रुबी राना, विवेक लिम्बु, सुनिता ठाकुर, सुनिशा बजगाई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको अधिकांश छायांकन लण्डनमा गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्