
१२ भदौ २०७५, काठमाडौँ
गाईजात्रालाई विशेषगरी हरेक वर्ष कलाकारहरुले रमाईलोसँग मनाउने गरेका छन् । यसपालीको गाईजात्रालाई पनि केहि कलाकारहरुले निकै भव्यसँग मनाए ।

हरेक वर्ष झैँ यस बर्षपनि नयाँ बानेश्वरमा रेडियो अडियोले गाईजात्राको कार्यक्रम राखेकोे थियो । निकै धेरै दर्शकहरु त्यस कार्यक्रममा उपस्थित भएका थिए । त्यतिमात्र नभएर केहि कलाकारहरु पनि आफ्नो चलचित्रको प्रचार गर्नको लागि त्यँहा उपस्थित भएका थिए । उक्त कार्यक्रममा हास्यँ कलाकार दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे उपस्थित भएका थिए भने अहिलेका हिट जोडी मानिने पूजा शर्मा र आकाश श्रेष्ठ पनि उपस्थित भएका थिए । उनीहरुलाई साथ दिन बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा पनि आएका थिए ।

कार्यक्रममा दिपक र दिपाले निकै रमाईलोसँग दर्शकलाई हसाँए भने पूजा र आकाशको धमाकेदार डान्सले स्टेज नै तातिएको थियो । कार्यक्रममा अनुभव र सेड्रिनाले पनि निकै राम्रो नृत्य प्रस्तुत गरे र दर्शकलाई पनि मज्जाले नचाए । यसरी रमाईला कलाकारहरुसँग दर्शकहरु नयाँ बानेश्वरमा भैरहेको गाईजात्रा कार्यक्रममा रमाईरहेका थिए । सधैँ झैँ यसबर्षको पनि गाईजात्रा कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।





