अफर नआएसम्म हलिउड फिल्म खेल्दिन : शाहरुख खान



१२ भदौ २०७५, काठमाडौँ

शाहरुख खान बलिउडका निकै चर्चित अभिनेता हुन् । उनलाई बलिउडमा किङ्ग खानको नामले पनि चिनिन्छ । आजभोली बलिउड कलाकारहरु हलिउड फिल्ममा निकै जम्न थालेका छन् । बलिउडका केहि अभिनेत्री त हलिउडमा नाम कमाउन सफल पनि भैसकेका छन् । तर बलिउडका अभिनेता भने खासै हलिउडमा गएको पाइदैन।

यस्तैमा हालै शाहरुख खानलाई पनि एक अन्तवार्तामा हलिउड फिल्म खेल्न रहर छ कि छैन भनेर सोध्दा उनले आफैँ हलिउड फिल्म माग्दै नजाने बताए । उनले आफूलाई अहिलेसम्म हलिउड फिल्म खेल्ने अफर नआएको र अफर नआउन्जेल हलिउड फिल्म गर्ने कुनै सोच नरहेको बताए ।

त्यतिमात्र नभएर शाहरुखले अब बलिउडका कलाकारहरु हलिउडमा जाने होइन हलिउडका कलाककारहरु चैँ बलिउडमा फिल्म खेल्न आउँछन् भने । उनले जिस्कदैँ मेरो अङ्ग्रेजी राम्रो नभएर हलिउडबाट अफर नआएको होला पनि भनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्