
१२ भाद्र २०७५, काठमाण्डौं
काठमाण्डौंको खुलामञ्चस्थित बसपार्क स्तरोन्नतीका लागि भन्दै ४ दिनका लागि बन्द भएको छ । अस्थायी प्रयोगमा रहेको सो वसपार्क कालोपत्रेका लागि भन्दै बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कच्ची रहेको सो बसपाार्क भित्रको सडक वर्षामा अहिले हिलाम्बे छ । बसपार्क बन्द हुने भएपछि अरनिको राजमार्ग हुँदै काभ्रे, रामेछाप, दोलाखा लगायत जिल्लाबाट काठमाडौं भित्रने बाहिरिने सवारी साधनलाई सातदोबाटो, कलंकी, हुदै गोंगबुस्थित नयाँबसपार्क तर्फ पठाइएको छ ।यस्तै, काठमाडौं, भक्तपुर र ललितपुर भित्रका वस तथा माईक्रोबसलाई रत्नपार्कमा यात्रु झार्ने र चढाउने ब्यवस्था गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
विमस्टेक सम्मेलनका क्रममा सवारीको चप कम हुने भएकाले यही समयमा बसपार्कको स्तरोन्नतीको काम गर्न लागिएको प्रहरीको भनाई छ । ट्राफिक प्रहरीले सम्मेलनका लागी सवारी चाप गर्न उपत्यकामा पर्सी बुधबार देखी ३ दिन जोर विजोर प्रणाली लागु गर्दैछ । बुधबार र शुक्रवार विजोर तथा बिहीवार जोर सवारी साधन चल्नेछन् ।
यो समाचार आजको कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।





