तस्करी गर्ने डीएसपी बर्खास्त



१२ भदौ २०७५, काठमाडौं

गृह मन्त्रालयले काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका डीएसपी रामप्रसाद भण्डारीलाई बर्खास्त गरेको छ ।

उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको गृहका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

उनी सखुवासभास्थित सशस्त्र प्रहरी बलको अरुण गुल्म चैनपुरमा गुल्मपति थिए ।

गृहको छानविन टोलीले सालका काठ डिएसपी भण्डारीले जिल्लाबाहिर तस्करी गरेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्