
११ भदौ २०७५, काठमाडौँ
नायक अनमोल केसी नेपालका निकै चर्चित र सबैभन्दा महंगा नायकको पहिलो नम्बरमा आउँछन् । छोटो समयमा निकै फ्यान र सफलता पाउन सफल अनमोलले खेलेका कुनैपनि चलचित्र फ्ल्प भएका छैनन् ।
चलचित्र होस्टेलबाट नेपाली फिल्म क्षेत्रमा पाइला चालेका अनमोलले जेरी, गाजलु , ड्रिम्स र कृ जस्ता सफल चलचित्रमा काम गरिसकेका छन् । उनका लेडि फ्यानहरु उनी भनेपछि हुरुक्क हुने गर्छन् । अनमोल केहि दिन अगाडि मात्र लाइभ कन्सर्टका लागि पहिलो पटक बुटवल पुगेका छन् ।
अनमोल इभ कन्सर्टका लागि उनी बुटवल पुगेका हुन् । बुटवलमा ब्लाइन्ड हुमनका लागि आयोजना गरिएको कन्सर्टमा अनमोलका साथ नायिका प्रियंका कार्की, झरना थापा र अनमोलका बुबा भुवन केसी पनि सहभागी भएका थिए । उक्त कन्सर्टमा अनमोलले आफ्नो दमदार प्रस्तुतीका कारण बुटवलको नाइट कन्सर्टलाई निकै रमाइलो बनाइदिएका थिए । अनमोल नायक मात्र नभएर एक गायक पनि हुन् । उनी निकै राम्रो गीत गाउँछन् । बुटवल कन्सर्टमा उनले आफ्ना चलचित्रका केहि गीतहरु गाए र डान्स पनि गरे ।
अनमोलका साथ प्रियंकाले पनि आफ्नो धमदार नृत्यले कन्सर्टलाई अझै भव्य बनाइदिइन् । यसरी सबैका प्रिय नायक अनमोल पहिलो पटक लाइभ कन्सर्टमा दर्शकलाई नचाउँदै थिए । निकै भव्य तरिकाले सम्पन्न यस कन्सर्टका लागि अनमोल केसीले कत्तिपनि पारिश्रमिक भने लिएका छैनन् ।





