दुबईमा देखाए अशोक, टंक र ए.आरले धमाकेदार प्रस्तुती



११ भदौ २०७५, काठमाडौँ

सानै उमेरमा आफ्नो सुरिलो आवाजका कारण युट्युबमा भाइरल बन्दै गएका बाल गायक अशोक दर्जीलाई मन बिनाको धन ठूलो की धन बिनाको मन गीतले चर्चाको शिखरमा पुर्यायो । टंक बुढाथोकीसँग उनले यो गीत गाएका थिए । यो गीत युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ ।

अशोक अहिले यति चर्चित र व्यस्त छन् की नेपालमा मात्र होइन विदेशमा पनि उनको क्रेज निकै बढेको छ । अशोकलाई अहिले देशविदेशको कार्यक्रम गर्न भ्याइनभ्याइ छ । केहि समयअघि उनलाई नयाँ घर हस्तान्तरण गरेसँगै उनी सांस्कृतिक कार्यक्रमका लागि डिजे रुपकसँग दुबई उडेका थिए । उनीसँग टंक र उनका छोरा ए.आर बुढाथोकी पनि सहभागी भएका थिए ।

दुबईको आबुदाबीमा भएको कार्यक्रममा अशोकलाई हेर्ने मान्छेको निकै ठूलो घुँइचो लागेको थियो । निकै धेरै दर्शकहरु उपस्थित भएको कार्यक्रममा अशोक दर्जीले सबैलाई आफ्नो गीतले निकै भावुक बनाइदिएका थिए । अशोकसँगै टंक र ए.आरको दमदार प्रस्तुतले दुबईको आबुदाबीमा भएको कार्यक्रम निकै र भव्य र सव्य तरिकाले सम्पन्न यो । दिनानुदिन निकै भाइरल बन्दै गएका अशोकलाई देखेर दुबईमा बस्ने नेपाली दर्शकहरु निकै खुसी देखिन्थे । कार्यक्रममा अशोक, टंक र ए.आरलाई डिजे रुपकले पनि निकै राम्रोसँग साथ दिएका थिए । दुबईमा कार्यक्रम सकेर अशोक, टंक, डिजे रुपक र ए आर नेपाल फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्