नाई नभन्नु ल ५ मा निरुताको दमदार इन्ट्री



११ भदौ २०७५, काठमाडौँ

निरुता सिंह कुनै समयमा नेपाली फिल्म इन्डष्ट्रिमा निकै लोकप्रिय र डिमाण्डेड मानिने अभिनेत्री हुन् । जस्तो पनि अभिनय गर्न सक्ने खुबी भएकी निरुतालाई दर्शकले औधी रुचाउँछन् । नेपाली फिल्म क्षेत्रमा नयाँ कलाकारको आगमनसँगै निरुता नेपाली फिल्म क्षेत्रबाट टाढिदैँ गएकी थिइन् । लामो समयदेखि मुम्बईमा बस्दै आएकी निरुता केहि समय अघि मात्र नेपाल आएकी हुन् । नेपाल आएसँगै दर्शकले निरुतालाई चलचित्रमा कमब्याक भएको हेर्न चाहन्थे ।

सबैको मनमा बसिसकेकी निरुताले नेपाल आउने बित्तिकै विकाश आचार्यको नाई नभन्नु ल ५ का लागि साइन गरिन् । नाई नभन्नु ल ५ गत शुक्रबारदेखि देशव्यापी रुपमा प्रदर्शनमा आएको छ । हुन त नाई नभन्नु ल ५ मा निरुता गेष्टको रुपमा प्रस्तुत भएकी छिन् । उनको चलचित्रमा त्यति सिन त छैन तर सानो भूमिकाले पनि उनले दर्शकको नजरमा राम्रै छाप पार्न सफल भएकी छिन् ।

चलचित्रमा उनी अनुभवकी आमाको भूमिकामा प्रस्तुत भएकी छिन् । थोरै सिन भएपनि सबै दर्शकले उनको अभिनयलाई औधी रुचाएका छन् । सबैजनाले निरुताको कमब्याक निकै राम्रो रहेको प्रतिक्रिया दिएका छन् । नायिका निरुता सिंह अब चाडै नै मह जोडिको दाल, भात, तरकारीमा मुख्य भूमिकामा देखिने भएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्