चलचित्र ‘रामकहानी’ अर्को गीतको भिडियो सार्वजनिक



११ भदौ २०७५, काठमाडौं

चलचित्र रामकहानीको अर्को गीतको भिडियो पनि सार्वजनिक भएको छ। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले अभिनय गरेको ‘आए म तिम्रो छेउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

अञ्जु पन्त र सुगम पोखरेलले स्वर भरेको गीतका सर्जक अर्जुन पोखरेल हुन्।

चलचित्रमा केदार घिमिरे, विल्सनविक्रम राई, रविन्द्र झा, राजाराम पौडेललगायतको अभिनय रहेको छ। सुदर्शन थापाको लेखन निर्देशन रहेको ‘रामकहानी’ मा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ।

 

प्रतिक्रिया दिनुहोस्