खेलकुद एसियाडमा नेपालले आज ६ खेलका बिभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्दै



११ भदौ २०७५, काठमाडौं

१८ औ एसियाडको दशौ दिन नेपालले आज ६ खेलका बिभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्दैछ । कराँतेको मेन्स ८४ केजी तौल समुहमा आज दिवस श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । यद्यपी उनको प्रतिद्धन्दीको टुंगो भने लाग्न बाँकि छ । उनले एक जित मात्र हात पारेपदक तालिकामा नेपालको नाम रहनेछ ।

कराँतेकै वुमन्स ५० केजी तौल समुहमा अनु अधिकारीले मकाउकी प्रतिस्पर्धीसंग प्रतिस्पर्धा गर्नेछिन् । बक्सिङको मेन्स मिडल ७५ केजी तौल समुहमा दिपक श्रेष्ठ, चाईनिज ताईपेईका खेलाडीबिरुद्ध रिङमा उत्रनेछन् ।

पदकको आशा बोकेको पाराग्लाईडिङको मेन्स र वुमन्स टिम क्रस काउन्ट्रीको तेस्रो राउण्डमा पनि नेपाली खेलाडिले आज प्रतिस्पर्धा गर्नेछन् । सेपाक ताक्रोमा नेपालले आज भारतको सामना गर्नेछ ।

स्क्वासको मेन्स पुल राउण्डको स्पर्धामा नेपालले आज कोरिया र पाकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । टेबल टेनिसको वुमन्स टिम ईभेन्टमा नेपालले हङकङ र भियतनाम तथा मेन्स टिम ईभेन्टमा उत्तर कोरिया र लाओसको सामना गर्नेछ ।

यो समाचार आजको कान्तिप्र दैनिकबाट साभार गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्