
१० भदौ २०७५, काठमाडौँ
नायिका रेखा थापा नेपालकी निकै चर्चित नायिका हुन् । रेखा अहिले चलचित्रमा त्यति देखिन्नन् । तर प्रशंसाले होस् वा आलोचनाले उनी मिडियामा भने खुब छाउने गर्छिन् । यस्तै केहि महिना अगाडि उनले आफूलाई महानायिका र मेघास्टार नभनिएकोमा गुनासो पोख्दा धेरैले उनको आलोचना गरे । त्यसबखत रेखाले आफूले विगत १५ बर्षदेखि चलचित्रमा अभिनय गर्दै आउँदा पनि आफूलाई महानायिका र मेघास्टारको ट्याग नदिइएको र भर्खरै आएका कलाकारले चैँ एक दुईवटा चलचित्रमा काम गर्दैमा मेघास्टारको ट्याग पाएको भन्दै दुखेसो पोखेकी थिइन् ।
उनले यो कुरा अप्रत्यक्ष रुपमा अनमोल केसीलाई नै भनेकी थिइन् । किनकी नेपालमा अनमोल केसीलाई नै मेघास्टारको रुपमा चिनिएको छ । रेखाको यस्तो भनाईले उनी आफैँ निकै आलाचित हुन पुगिन् तर अनमोलले यस बिषयमा कुनै प्रतिक्रिया जनाएका थिएनन् । तर हाल अनमोलले रेखाको यस भनाइबारे मुख खोलेका छन् ।
उनले कुनै पनि कुराको ट्याग आफुले मागेर पाइने होइन अरुले दिने हो भन्दै रेखा थापा आफूभन्दा सिनियर कलाकार भएकाले आफूले रेखालाई सधैँभरि इज्जत गर्ने बताए । त्यसका साथै उनले रेखाले नेपाली फिल्म इन्डष्ट्रिमा निकै ठूलो योगदान दिएको भन्दै आफ्नो लागि रेखा थापा नै मेघास्टार भएको बताए ।





