
१० भदौ २०७५, काठमाडौँ
नेपालको सर्वाधिक सफल गायन रियालिटि शो नेपाल आइडलको काठमाडौँ अडिसनमा एक बुढी आमाले तहल्का मच्चाइदिएकी छिन् ।
आफूलाई ८० बर्षकी बताउने काउली बुढी नामकी बुढी आमाले आइडलको काठमाडौंअडिसनमा सबैजनालाई निकै चकित बनाइदिइन् । अडिसनका लागि आएका सबैको उनले राम्रै परीक्षा लिएकी थिइन् । उनले अडिसनका लागि आएका प्रतीस्पर्धीहरुलाई मात्र नभएर जर्जहरुलाई पनि निकै रमाइलो पारामा सताइन् । उनको बोली जति तिखो सुनिन्छ आवाज त्यति नै सुरिलो र मिठासले भरिएको छ । वास्तवमा आफूलाई ८० बर्षकी बताउने काउली बुढीको वास्तविक नाम भने सन्ध्या बुढा हो । उनी निकै बुढी मान्छेको गेटअपमा नेपाल आइडलमा प्रस्तुत भएपनि रियलमा भने त्यस्ती छैनन् ।
निकै राम्री र भर्खरकी युवती सन्ध्या जर्जहरुलाई इम्प्रेश गर्नको लागि त्यस्तो गेटअपमा प्रस्तुत भएकी थिइन् । अन्ततः जर्जहरुलाई हसाउँदै र जर्जहरुको मन जित्दै गोल्डेन टिकट पाउँदै उनी अर्को राउन्डका लागि सेलेक्ट भइन् ।





