अनमोल केसी स्टारर चलचित्र क्याप्टेनको पोस्टर रिलिज



१० भदौ २०७५, काठमाडौँ

नेपालका मेघा स्टार भनेर चिनिने सर्वाधिक सफल र नेपालका सबैभन्दा महंगा नायक अनमोल केसी स्टारर चलचित्र क्याप्टेनको पोस्टर रिलिज भएको छ ।

छायांकनमा जानु अगावै निकै चर्चामा रहेको यो चलचित्रमा अनमोल केसी एक फुटबल खेलाडीको रुपमा रहेका छन् । चलचित्रमा अनमोल सँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

अनमोल केसी निकै लोकप्रिय अभिनेता भएकाले उनको यसअघिका सबै चलचित्रहरु सफल भएका थिए। त्यसैगरी उनको यो चलचित्र पनि सफल हुनेमा निर्माण टिम ढुक्क रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्