स्वास्थ्यमा नकारात्मक असर पार्ने यी ५ खानेकुरा



१० भदौ १०७५, काठमाडौं

पछिल्लो समय मानिसहरु खानपिनको सौखिन बन्दै आएका छन् । अर्थात, उनीहरुको खानपिनमा परिवर्तन आएको छ । नेपालीहरुको कुरा गर्दा पनि परम्परागत खानाहरु दाल, भात, तरकारी तथा अचार खान छोडेर बजारमा पाईने जंगफुड र कोल्डड्रिक्सहरुमा बढि रमाईरहेका देख्न पाउँछौं ।

यी खानेकुराहरुले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट असर गरिरहेको हुन्छ ।

१) कोल्डड्रिक्स
गर्मीको समयमा बढि मानिसहरुले पिउने गरेको कोल्डड्रिक्सहरु जस्तैः डिउ, स्प्राईट, फ्यान्टा, रेडबुल, मिरिन्डा लगाएतका पेय पदार्थहरुले स्वास्थ्यमा गम्भिर असर गरिरहेको हुन्छ । साथै यसमा हाम्रो स्वास्थ्यलाई असर पार्ने केमिकल मिसाईएको हुन्छ, यस्तो केमिकलले गर्दा हाम्रो स्वास्थ्यमा किड्नी ड्यामेज हुने, मधुमेह को समस्या तथा बोसो बढ्ने समस्याहरु निम्तिन सक्छ।
२) केक
आजभोलीका मानिसहरुले विभिन्न सेलेब्रसनहरुलाई केक काटेर सेलेब्रेट गर्ने गर्छन । तर केक खानु स्वास्थ्यको दृष्टिले राम्रो भने होईन । केक खानाले हाम्रो स्वास्थ्यमा मोटोपन, उच्च रक्तचाप तथा मधुमेहको समस्याहरु आउने हुन्छ ।
३) चाउचाउ
आजभोली घरमा बनेका ताजा खाजाहरुको साटो पसलमा पाईने चाउचाउ खाजा संस्कृतीमा खूब रुचाउँछन अहिलेका पिँढीहरु । तर चाउचाउ खानु हाम्रो स्वास्थ्यको लागि धेरै बेफाईदा हुन्छ । यो सेतो पिठोबाट बनेको हुन्छ, यसले हाम्रो स्वास्थ्यलाई असर गर्छ ।
४) आलु चिप्स र भुजिया
आलु चिप्स तथा भुजियाहरुमा कुनै किसिमको पौष्टिक तत्व हुदैन । यसले हाम्रो पेट भर्नेबाहेका अरु कुनै किसिमको काम गर्दैन । यसको प्रयोगले बृद्धिविकास रोकिने, स्नायु तन्तुलाई मजबुद हुन नदिने तथा अन्य रोग लाग्नुमा सहयोग गर्ने हुन्छ ।
५) फ्रेन्च फ्राई
आजभोलीका मानिसहरुले बढि रुचाउने एक खाजा हो फ्रेन्च फ्राई । तर यो खानु नहुने चिजमध्येको एक चिज हो । यसमा क्यालोरीको मात्रा बढि हुनाले हाम्रो स्वास्थ्यले विभिन्न समस्याहरु झेल्नु पर्ने हुन्छ । यसलाई पटक–पटक फ्राई गरेर तयार पारिने हुनाले यो हानिकारक तत्व हो ।

प्रतिक्रिया दिनुहोस्