तपाई जीवनमा सफल हुन चाहनुहुन्छ, भने अल्छी हुनुहोस्



०९  भदौ २०७५, काठमाडौंके तपाईं भ्यागुता, छेपारो र सर्पका विशेष बानीबारे जानकारी हुनुहुन्छ ? चिसो रगत भएका यी जनावर शरद् ऋतु र वर्षायाम आउनुपूर्व नै आफ्नो लागि खाना सञ्चित गर्ने गर्छन् ता कि उनीहरुलाई प्रतिकूल मौसममा घर बाहिर निस्कन नपरोस् । मानिसले प्राकृतिक रुपमा यस्तो गर्नु पर्दैन । मौसम परिवर्तन हुँदा न त हामीले कुनै दौडधुप गर्नुपर्छ न नै पूरा महिनाका लागि खाना जम्मा गर्नुपर्ने चिन्ता नै लिनुपर्छ ।घरका पाका सदस्यले हामीलाई निकै अल्छी बताउँदै गाली गर्ने गर्छन् । तर हामी धेरै काम होइन, स्मार्ट काममा विश्वास राख्ने भन्दै तर्क दिएर यसबाट बच्ने गर्छौं ।अल्छी हुनुपनि एउटा कला हो किनभने हामो शरिर र दिमाग पूर्वजका कारण अत्यधिक मेहनत गर्नका लागि प्रोग्राम छ । त्यसकारण कहिलेकाँही अल्छी गरेर ओछ्यानमा सुतिरह्यौं भने समय बर्बाद गरियो भनेर चिन्ता गर्न थाल्छौं ।तर विज्ञानले अरु नै भन्छ । विज्ञानका अनुसार अल्छीपन हाम्रो मुटु र दिमागका लागि निकै राम्रो हो । हामी तरिका पुर्याएर अल्छी भयौं भने यसले हामीलाई लामो र स्वस्थ जीवनका लागि निकै फाइदा पुर्याउने अनुसन्धानको दाबी छ ।कसरी उठाउने अल्छीपनको फाइदाः १. केही नगर्नुहोसः हरेक पलको फाइदा उठाउँदै हामीले केही न केही गरिराख्नुपर्छ भनेर हामीलाई सिकाइन्छ । अब त्यो सिकाइलाई बिर्सने बेला आएको छ । जस्तै सधैं काम गरिराख्ने मेसिनलाई केही समयका लागि बन्द गर्नुपर्छ, त्यसैले तपाईं पनि कहिलेकाँही केही नगर्नुहोस् । केही नगरेका बेला जतिसक्दो रिल्याक्स हुनुहोस् र कुनै पनि दिमागी गतिविधिबाट टाढा रहनुहोस् । वैज्ञानिकका अनुसार यही नै त्यो समय हो जब हाम्रो दिमागको रचनात्मक क्षमता सबैभन्दा धेरै सक्रिय हुन्छ किनभने हामीले दिमागलाई थकाउने काम नगरी यसलाई शान्त राख्ने कोसिस गरिरहेका हुन्छौं । झ्यालबाट बाहिर हेर्नुहोस, बाहिर घुम्न जानुहोस् । याद राख्नुहोस, त्यतिबेला मोबाइल फोनबाट टाढा रहनुहोस् ।२. थोरै समयका लागि निदाउनुहोसः किम्बर्ली कोट उत्तरी अमेरिकामा साइकोलोजीकी प्राध्यापक हुन् । उनका अनुसार जो दिउँसो १० मिनेटदेखि आधा घण्टाका लागि सुत्छन् उनीहरुको रक्तचाप अन्य व्यक्तिको तुलनामा कम हुन्छ र उनीहरुको तनावको स्तर पनि कम हुन्छ ।३. दिनभरी टेलिभिजन वा ल्यापटपमा कार्यक्रम हेर्नुहोसः विकेन्डमा दिनभरी टेलिभिजन वा ल्यापटपमा कार्यक्रम हेर्नुका फाइदा छन् । यदि तपाईं टिभीमा फिक्शन वा वास्तविक जीवनको डकुमेन्ट्री हेर्नुहुन्छ भने हाम्रो दिमागले नयाँ तरिकाले सोच्न सुरु गर्छ । टिभीले तपाईंको दिमागलाई नयाँ तरिकाले सोच्न अभिप्रेरित गर्छ ।४. घुम्ने–डुल्नेः कुनै कारणबिना घुम्नेलाई आवारा भनिन्छ । तर प्रकृतिले हामीलाई यस्तै बनाएको छ । यदि तपाईं नियमित रुपमा कुनै तनाव बिना नै घुम्नु हुन्छ भने तपाईंको दिमाग पनि निकै स्वस्थ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्