सलमान र अक्षय विश्वका मंहगा अभिनेताको ७ औँ र ९ औँ स्थानमा



८ भदौ २०७५, काठमाडौँ

अमेरिकी विजनेस म्यागजिन फोब्रसले निकाल्ने वर्षका टप १० महंगा अभिनेताका सूचीमा सन् २०१७/ १८ अनुसार सधैँ झै यसपाली पनि बलिउडका दुई अभिनेताको नाम आएको छ । यो सूचीमा सधैँ बलिउडका किंग खान मानिने शाहरुख खान पर्दथे भने यसपटक सलमान खान र अक्षय कुमार परेका छन् ।

९ औँ स्थानमा सलमान खान पर्न सफल भएका छन् । यसबर्ष विभिन्न विज्ञापन र सुपरहिट चलचित्र दिएका कारण सलमान ९ औँ स्थानमा पर्न सफल भएका हुन् । यसबर्ष उनको टोटल आम्दानी ३ करोड ८५ लाख भएको छ ।

त्यसैगरी ७ औँ स्थानमा अक्षय कुमार पर्न सफल भएका छन्  । यसबर्ष अक्षय लगातार सफल चलचित्र र ठूला ब्रान्डका विज्ञापनमा काम गर्नाले पनि गत बर्षहरुको तुलनामा यसपटक आफ्नो बढाउन सफल भए । उनको यसवर्षको टोटल आम्दानी ४ करोड ५ लाख हुन गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्