बहुप्रतिक्षित चलचित्र राकहानीको ‘आए म तिम्रो छेउ’ गीत रिलिज



८ भदौ २०७५, काठमाडौँ

नायिका पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर बहुप्रतिक्षित चलचित्र रामकहानी को ‘आए म तिम्रो छेउ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको आवाज रहेको छ भने गीतमा चलचित्रका मुख्य कलाकार पूजा र आकाशलाई नै फिचरिङ गराइएको छ ।

चलचित्र रामकहानीलाई पूजा शर्मा र सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् भने चलचित्रमा सुदर्शन थापाको निर्देशन रहेको छ । चलचित्र रामकहानीमा पूजा शर्मा, आकाश श्रेठ, विल्सन विक्रम राई, जितु नेपाल, केदार घिमिरे, रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राना, विशाल पहरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र भदौ २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्