प्रदिप खड्का स्टारर चलचित्र रोज को ट्रेलर रिलिज



८ भदौ २०७५, काठमाडौँ

नेपालका निकै डिमाण्डेड र सबैका फेबरेट नायक प्रदिप खड्का स्टारर बहुप्रतिक्षित चलचित्र रोज को ट्रेलर सार्वजनिक भएको छ ।

आफ्नै प्रेमिकाको हत्या गरेको विषय उठान गरिएको चलचित्र रोज गोपी कृष्ण मुभिज्को ब्यानरमा निर्माण भएको हो । चलचित्र रोजलाई निरक पौडेलले निर्देशन गरेका हुन् भने चलचित्रमा आर्या पौडेल र आरोही केसीको संयुक्त रुपमा लगानी रहेको छ । चलचित्र रोज आउँदो भदौ २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । चलचित्र रोज मा प्रदिपका साथ दुई नायिका परमिता राणा र मिरुना मगरको पनि अभिनय देख्न सकिन्छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्