सलमानकी प्रेमिका युलिया पनि चलचित्रमा देखिदैँ



०७ भदौ २०७५, काठमाडौँ

बलिउड नायक सलमान खान अहिलेसम्म अविवाहित छन् । तर उनको विभिन्न नायिकाहरुसँग प्रेम सम्बन्ध रहेको चर्चा भने दिनहुँ भैरहने गर्छ ।

यस्तै हाल सलमान खानको युलिया वन्तुरसँग प्रेम सम्बन्ध रहेको हल्ला छ । सलमान खान नयाँ कलाकारहरु जन्माउने नायकको सुचीमा पर्छन् । उनले धेरै नायक नायिकालाई सुपरहिट बनाएका छन् ।

यस्तैमा उनले अब आफ्नी प्रेमिका युलियालाई पनि बलिउडमा भित्राउने तयारी गरिहेका छन् । युलियाले यो भन्दा अगाडि बलिउडमा केहि गीतहरु गाएर चर्चा कमाएकी युलियालाई अब सबैले चलचित्रमा देख्न पाउने भएका छन् । युलियाले खेल्ने चलचित्रको नाम भने खुलाइएको छैन । तर युलियालाई सलमानले नै चलचित्रमा ल्याएका हुन् । उनीहरुले सामाजिक सञ्जालमा आफ्नो प्रेम भने स्वीकार गरेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्