नाई नभन्नु ल को अन्तिम सिरिजमा अनुभव हुनेछन् नायक



०७ भदौ २०७५, काठमाडौँ

चलचित्र नाइ नभन्नु ल दर्शकले निकै रुचाएको चलचित्र हो । नाई नभन्नु ल दर्शकले निकै रुचाएपछि यसका निर्देशक विकाश आचार्यले यसका ४ सिरिज बनाइसके जुन दर्शकले अत्यन्तै रुचाए । अब उनको यसको ५ सिरिज भोली शुक्रबारबाट अल नेपाल रिलिज हुदैँछ । दर्शकले यो सिरिजलाई पनि मन पराउने कुरामा विकाश आफू ढुक्क रहेको बताउँछन् ।

विकाशलाई आजभोली एउटै नामको मात्र चलचित्र निर्माण गर्यो भनेर आलोचना आउन थालेको छ । त्यसैगरी नाई नभन्नु ल ५ सिरिजसम्म आईपुग्दा अब विकाशले कतिसम्म नाई नभन्नु ल का सिरिज निर्माण गर्ने हुन् भन्ने विषयमा सबैको उत्सुकता छ । तर विकाशले अब नाई नभन्नु ल को सिरिजलाई धेरै अगाडि नबडाउने बताएका छन् । नाई नभन्नु ल को सिरिज बाल कलाकार अनुभव रेग्मी नायकको भूमिकामा रहने भएपछि अन्त्य हुने जाकारी प्राप्त भएको छ ।

विकाशको अनुसार नाई नभन्नु ल को सिरिजको अन्तिम प्रस्तुतीमा सबैले निकै रुचाएका बाल बलाकार अनुभव रेग्मीलाई नायकको रुपमा देख्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्