गुडविल बचत तथा ऋण सहकारी सस्थाले रक्तदान तथा नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै



७ भदौ २०६५, काठमाडौं

आफ्नो १० औँ स्थापना दिवसको अवसरमा चाबहिलमा रहेको गुडविल बचत तथा ऋण सहकारी सस्था लिमिटेड र लायन्स क्लब अफ काठमाडौं शुभलाभको संयुक्त आयोजनामा रक्तदान तथा नि:शुल्क स्वास्थ्य (मधुमेह) परिक्षण कार्यक्रम गर्ने भएको छ ।

बौद्ध स्तुपा परिसर काठमाडौंमा यही भदौ ९ गते शनिवारको दिन बिहान ८ बजे देखि ११ बजे सम्म उक्त कार्यक्रम गर्न लागेको गुडविल बचत तथा ऋण सहकारी सस्थाले बताएको छ। रक्त दान नै जीवन दान भन्ने मूल नारालाई आत्मासाथ गर्दै १० औं वार्षिकोत्सवको अवसरमा रक्तदान र मधुमेहको नि:शुल्क परिक्षण गर्न लागेको सस्थाका लेखा अधिकृत  पदम राईले बताएका छन् ।

काठमाडौं स्थित संखमुलामा समेत शाखा रहेको गुडविलको ११ हजार सदस्य रहेको हुँदा संचालक समिति, कर्मचारी, सेवाग्राही र अन्य शुभेच्छुक र शुभचिन्तक गरि लगभग १०० जनाको हाराहारीमा   रक्तदान गर्ने र उत्तिकै मात्रामा मधुमेहको चेक जाँच गर्नेमा आफुहरु विश्वस्त रहेको सस्थाका अध्यक्ष निर बहादुर सुनुवारले जानकारी गराए ।

विगतमा पनि रक्तदान कार्यक्रम संचालन गरिसकेको सस्थाले बागमती सफाई, बुद्ध जयन्तीमा जुस वितरण, भूकम्प पिडितहरुको निम्ति संचालक समितिको १ दिनको बैठक भत्ता र कर्मचारीहरुको १ दिनको तलब सहयोग जस्ता सामाजिक काम गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्