सदुपयोग हुन सकेन पोसाक भत्ताको ८३ करोड



०७ भदौ २०७५, काठमाडौं

पोसाक भत्ता शिर्षकमा सरकारले ८३ करोड ५० लाख रुपैयाँ छुट्याए पनि उक्त रकमको सदुपयोग हुन नसकेको समाचार आजको नेपाल समाचारपत्रको पृष्ठ ५ मा छापिएको छ ।

समाचारमा लेखिएको छ, कार्यालय समयमा अधिकांश कर्मचारीले पोसाक नलगाएपछि सदुपयोग हुन नसकेको हो ।

कर्मचारी र सेवाग्राही छुट्याउन सजिलो होस् भनेर सरकारले पोसाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरे पनि कार्यान्वयनमा कठिनाइ देखिएको समाचारमा उल्लेख छ ।

सरकारले बार्षिक पोसाक भत्ता शिर्षकमा प्रतिव्यक्ति एक जना कर्मचारीलाई १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्