२४ क्यारेट सुनले सजिएको थियो निक र प्रियंकाको इन्गेजमेन्ट केक



०६ भदौ २०७५, काठमाडौँ

बलिउड नायिका प्रियंका चोपडा र उनीभन्दा ११ बर्ष कान्छा उनका प्रेमी निकसँगको इन्गेजमेन्टको कुरा सकिसक्दा पनि बलिउड अझै सेलाएको छैन । प्रियंका चोपडाको इन्गेजमेन्ट पार्टीको केही न केही कुराले दिनकै न्युज बनिरहेको छ ।

यसपटक प्रियंकाको इन्गेजमेन्ट पार्टीका धेरै आकर्षण कुराले दर्शकलाई चकित बनायो । अहिले उनको पार्टिको केक सोसल मिडियामा निकै भाइरल भैइरहेको छ । उनको इन्गेजमेन्ट केक यति राम्रो र लोभलाग्दो छ कि उनको इन्गेजमेन्ट केकमा आँखा नलगाउने मान्छे कम नै होलान् । प्रियंकाको इन्गेजमेन्ट केकलाई सजाउन २४ क्यारेट गोल्ड प्रयोग गरिएको थियो । ३ स्टेपमा बनाइएको केकमा २४ क्यारेट गोल्डलाई पात जस्तो बनाएर निकै सुन्दर तरिकाले सजाइएको थियो । त्यसका साथै केकमा लगाइएको पूmलहरुले केकलाई झन् आकर्षित बनायो ।

नायिका चोपडाको इन्गेजमेन्ट केक भारतको चर्चित पेस्ट्रि शप टियर नोम पटिस्सेरीबाट ल्याइएको थियो । निकै विशेष तरिकाको केकले प्रियंकाको इन्गेजमेन्ट पार्टिलाई अझ रोचक बनाएको थियो । भारतमा इन्गेजमेन्ट पार्टि दिइसकेपछि निक अमेरिका फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्