
४ भाद्रा २०७५, काठमाडौं
नेपाली तारा सिजन वानका विजेता सुरेन बान्तावाले आफ्नो साङ्गीतिक प्रतिस्पर्धाको विजेता भए बापत पाएको पुरस्कार स्वरुप रेकर्ड भएको आऊ प्रिय साँझको दीयो बनेर, गर्व गर्न सकुँ कोही थियो भनेर बोलको गीत सार्वजानिक भएको छ। पविन दाहालको शब्द र मनोज साङ्सोनको संगीतमा सजिएको उक्त कर्णप्रिय गीत भर्खरै मात्र संगीतकार साङ्सोनको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
उक्त गीतको रेकर्डिङ व्यवस्थापन आयोजक व्हाटस्एप् नेपाली तारा सिजन वानले गरेको हो भने ओपल रेकर्डिङ्ग स्टुडियोमा गीतको रेकर्ड गरिएको थियो। गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका थिए।
सन् २०१६ मा सञ्चालित व्हाटस्एप् नेपाली तारा सिजन वानमा करीब पाँच सय जना गायक-गायिकाहरूको सहभागी रहेको थिए भने उक्त प्रतिस्पर्धामा भोजपुर घर भई त्यसबेला दक्षिण कोरियामा बस्नुहुने सुरेन बान्तावा प्रथम, भोजपुरकै विनोद बान्तावा द्वितीय र संखुवासभाका अमर राई तृतीय भएका थिए ।





