गीति एल्वम बिमोचन



०३ भदौ २०७५, इटहरी

नेपाली महिलाले मान्ने तीजलाई लक्षित गरी तीज गीत निकाल्ने प्र्र्र्र्र्रचलन अहिले निकै बढेको पाईन्छ । यसरी तीजलाई भनेर निकालिएका गीत संगीतका सर्जकले कमाई पनि राम्रै गरेको पाईन्छ । पूर्वी नेपालमा बसेर संगीत अंगालेका दुई गायिका गंगा गौतम र अञ्जु गौतमको तीज गीतको एल्वम बिमोचन गरेका छन् । एल्बमको बरिष्ठ गायिका लोचन भट्टराईले एक कार्यक्रमविच विमोचन गरेकी थिईन् ।

गायिका अञ्जु गौतमले ल्याएको नयाँ एल्वम श्रृंगार र गंगा गौतमको एल्वम झल्कोको गायिका भटटराईले विमोचन गरेकी हुन । गायिका अञ्जुको नयाँ एल्वममा दुई र गंगाको नयाँ एल्वममा तीन बटा गीत समावेश छन् । एल्वम विमोचन कार्यक्रममा लोक गायक बालकृष्ण कार्की र साहित्यकार मनु मञ्जीलले एल्वमका विषयमा समिक्षा गरेका थिए ।

एल्वम विमोचन कार्यक्रममा गायिका अञ्जुले बर्ष दिनको तिजैमा मादलुको तालमा भन्ने गीत गाएर सुनाईन् भने गंगाले माइतीको देश बोलको गीत प्रस्तुत गरेकी थिईन्  । कार्यक्रममा गायिकाद्वयका गीतहरुको म्युजिक भिडियो  समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा लोकगायन क्षेत्रमा लामो समय देखि सक्रिय भएको भन्दै गायक सुरेश गन्र्धव, नृत्याङ्गना निलम ढुंगाना र समाजसेवी राधिका कार्कीलाई सम्मान समेत गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्