सांसदलाई नासु तहका स्वकीय सचिव



०२ भदौ २०७५, हेटौंडा

प्रदेशसभाका सदस्यलाई नायब सुब्बा (नासु) तहको स्वकीय सचिव दिने प्रावधानसहितको पारिश्रमिक तथा सुविधा विधेयक पारित भएको समाचर आजको कान्तिपुरको पृष्ठ ४ मा छापिएको छ ।

यसअघि अधिकृत तहको कर्मचारी प्रस्ताव गरेर प्रतिवेदन बने पनि त्यसमा सरकार सकारात्मक नुहँदा संशोधनसहित विधेयक पारित भएको हो ।

यो व्यवस्था लागू भएपछि प्रदेशलाई वार्षिक तीन करोड आर्थिक भार थपिनेछ ।

प्रतिवेदनसहित विधेयक पास भएपछि त्यसमा उल्लेख भएका सेवा सुविधा शपथ ग्रहण गरेको मितिबाटै लागू हुने छ।

प्रतिक्रिया दिनुहोस्