भारतबाट २ अर्ब ५८ करोड युनिट विद्युत आयात



०२ भदौ २०७५, काठमाडौं

नेपाल विद्युत् प्राधिकरणका अनुसार, भारतबाट अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ५८ करोड युनिट विद्युत् आयात भएको समाचार आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठम छापिएको छ ।

समाचरम लेखिएको छ, गत वर्ष प्राधिकरणको प्रसारण प्रणालीमा आबद्ध भएको कुल ऊर्जामध्ये यो ३६ प्रतिशत हो ।

२०७४/७५ मा आफ्नो प्रसारण प्रणालीमा प्राप्त कुल ऊर्जामध्ये प्राधिकरण आफैँले ३३ प्रतिशत उत्पादन गरेको थियो । यस्तै निजी क्षेत्रबाट उत्पादित विद्युतको प्रतिशत करिब ३१ प्रतिशत छ ।

भारतबाट आयातित विद्युतको औसत मूल्य सात रुपैयाँ ४७ पैसा छ । भारतबाट आउने ७० प्रतिशत विद्युत हिउँदमा मात्र आयात हुन्छ ।

प्रतिक्रिया दिनुहोस्