
१ भाद्र २०७५, काठमाडौं
नेपाल आइडल २ को अडिसन राउण्डमा चितवनका मिना राज पौडेलले गोल्डेन माइक्रोफोन पाएका छन्। उनि नेपाल आइडलको इतिहासमा पहिलो गोल्डेन माइक्रोफोन पाउने प्रतिस्पर्धी समेत बनेका छन्।
पेशाले शिक्षक बताउने मिनराज चितवनको रत्ननगरमा बस्छन। मिन राजले आफ्नो बुबाबाट संगीत सिकेका थिए। जब उनि अडिसन दिन अडिसन हल भित्र प्रवेश गरेर गित गाए तिनै जना निर्णयकहरु उनको गीत सुनेर छक्क परे।
“गाइने दाईले सारंगी रेट्दामा” बोलको गीत आफै गितार बजाउदै गाएका मिन राजाले गीत गाउदा गाउदै निर्णायकद्वय न्यु बज्राचार्य र कालीप्रसाद बास्तोलाले गोल्डेन कार्ड ल्याएर हातमा थमाएका थिए। तर फेरी निर्णायकहरुले उक्त गोल्डेन कार्ड फिर्ता लिएका थिए। तिन वटा गीत गाउन लगाएका निर्णायकहरुले मिन राजलाई अर्को वर्ष आउनु भन्दै पठाए। मिन राजले नपत्ताए झैँ गरी सिर्यास्ली ? भन्दै सोधे , निर्णायकहरुले पनि सिर्यास्ली जाउ भने पछि उनि हास्दै निस्किए तर ढोकामा पुग्न लाग्दा पुन इन्दिरा जोशीले बोलाइन र अन्तत उनलाई निर्णयकहरुले गोल्डेन माइक्रोफोन दिएर पठाए।
https://youtu.be/vIgPUvT40JU
गोल्डेन माइक्रोफोन पाएसँगै अब मिन राज सिधै गाला राउण्डमा प्रवेश गरेका छन्। पहिलो नेपाल आइडल भरिमा कसैले पनि यसरी गोल्डेन माइक्रोफोन पाएका थिएनन भने दोस्रो नेपाल आइडलको यो अघिको अडिसनमा पनि कसैले पाएका थिएनन्। मिन राज एक मात्र यस्ता व्यक्ति हुन् जसले नेपाल आइडलको इतिहासमा पहिलो गोल्डेन माइक्रोफोन पाउदै सिधै गाला राउण्डको यात्रा तय गरे।






