
०१ भदौ २०७५, काठमाडौं
मुलुकी अपराध ऐन आजबाट लागु भएको छ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ५ वटै संहिता कार्यान्वयनमा आएको हो ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० मा निर्माण गरेको मुलुकी ऐनलाई प्रतिस्थापन गरि यो ऐनलाई संशोधन गरिएको हो । राणाले वेलायत भ्रमणपछि प्रचलित धर्म, परम्परा, रीति तथा संस्कृतीहरुलाई समेटेर मुलुकी ऐन बनाएका थिए । मुलुकी अपराध संहिताअन्तर्गत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर सजाय निर्धारण तथा कार्यान्वयन रहेका छन् ।
मुलुकी देवानी र फौजदारी मुद्दा निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेको नजिर र २० प्रतिशत अन्तराष्ट्रिय कानुनलाई आधार मानी निर्माण गरिएको हो । मुलुकी अपराध संहितामा विभिन्न ६ अपराधमा आजीवन कैद तोकिएको छ । यसअघि २० वर्ष जन्मकैद रहेकोमा अहिले २५ वर्ष बनाईएको छ । त्यस्तै अपराध संहितामा नेपालविरुद्ध जासूसी गर्नेलाई २५ वर्षसम्म कैद हुने व्यवस्था छ ।
राष्ट्रपति तथा संसदलाई धम्की दिएमा ७ वर्षसम्म कैद र ७० हजार सम्म जरिवाना तथा दुबै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।





