आमिरले खोले पहिलोपटक आफ्नो वैवाहिक जीवनको कथा



३१ साउन २०७५, काठमाडौँ

बलिउडका सुपरहिट अभिनेता आमिर खान मिडियामा निकै कम देखिने अभिनेता हुन् । कम तर ब्लकबस्टर चलचित्र मात्र गर्ने आमिर मिडियामा आफ्ना पर्सनल कुराहरु त्यति गर्न रुचाउँदैनन् । विशेष गरी आफ्नो वैवाहिक जीवनको बारेमा उनी कहिल्यै मिडियामा बोल्दैनन् ।

हालै भएको एक अन्तवार्तामा चाहीँ यिनले पहिलो पटक आफ्नो वैवाहिक जीवनको बारेमा खुलेर बोलेका छन्  । सबैलाई थाहा भएकै कुरा हो । आमिरको पहिलो विवाह असफल भएको थियो । उनले रिनासँग विवाह गरेका थिए तर दुईबीच मनमुटाव सुरु भएपछि विवाह भएको १६ बर्षपछि उनीहरुको डिभोर्स भयो ।

उनले भने रिनासँग सम्बन्ध टुटेपछि एक्लो भएको थिए । तर त्यहिँबेला उनको भेट किरण रावसँग भयो । बोल्दै जादाँ एकअर्काको नजिकै हुँदै किरण र आमिरबीच प्रेम बसेको थियो । त्यसपछि आमिरले किरणलाई विवाहको लागि प्रस्ताव राखेका रहेछन् र किरणले पनि आमिरको प्रस्ताव स्वीकार गरिछिन् । अहिले आमिर र किरणको वैवाहिक जीवन एकदम राम्रो छ र यी दुई एकअर्कासँग निकै खुसी रहेको बताउँछन् ।

डिभोर्स भईसकेको भएपनि उनी आफ्नी पहिली श्रीमतीलाई अझैं सम्मान गर्ने बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्