एचआईभीको औषधिले ‘साईडइफेक्ट’



२७ साउन २०७५, काठमाडौं

जाडो होस् या गर्मी, घरमा होस् या सार्वजनिक ठाउँ उनी गम्लङ्ग पछ्यौरा ओढ्छन् ।  कसैसँग बोल्न पनि त्यति मन गर्दिनन् । कोही ब्यक्ति आफ्नो अगाडी उभिँदा मात्रै पनि उनलाई डर लाग्छ । त्यो डर कसैले केही गर्ला भन्ने नभई, आफ्नो कुरुपता देख्ला र सोधिहाल्ला भन्ने डर हो ।

४६ बर्षीया उनी १५ बर्षदेखि एचआईभी संक्रमणबाट पीडित छन् ।  उनी भन्छिन, श्रीमानले गरेको एउटा गल्तीको सजाय मैले भोगिरहेको छु,  मलाई रोग सार्ने व्यक्ति संसारमा छैन तर उसको चिनोले पनि मलाई ज्युँदै मरेझैँ बनाईदिएको छ ।  उनका अनुसार श्रीमान लागुऔषध प्रयोगकर्ता थिए । त्यसैबाट श्रीमान एचआईभी सक्रमित भएका थिए । र उनलाई पनि सारेका हुन् ।

निकै बेरको अनुरोधमा उनी शरीरबाट पछ्यौरा हटाउन राजी भईन् । गर्धनमा ठुलो मासुको पोको, अनुहारको मासु भित्र परेर नमिल्दो देखिएको र पोतो फैलिएको । अनि दुवै स्तन पनि सामान्यभन्दा ठुलो र झोलिएका थिए । यस्तो के भएको भन्ने प्रश्नमा उनी भन्छिन, ‘औषधि नखाए ज्यानै जाने डर छ, खाउँ यस्तो हुन्छ ।’

औषधि खान थालेपछि त्यसै पनि उनी अर्कै खाले विरामी भएकी छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्