फस्टाउँदै पर्यटन, आम्दानी पनि वृद्धि



२६ साउन २०७५, काठमाडौं

नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

०७४/७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी भएको छ ।

०७४ मा ५० लाख आन्तरिक पर्यटक नेपालभित्रै घुमघाम गरेको अनुमान छ ।

५० लाख आन्तरिक पर्यटकबाट २५ अर्ब रुपैयाँबराबरको आर्थिक गतिविधि भएको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्