
२४ साउन २०७५, काठमाडौं
नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल International Franchise Singing Reality Show नेपाल आइडलको प्रतिक्षा समाप्त भएको छ ।
नेपाल आइडल प्रथम संस्करणको सफलतापछि नेपाली दर्शकहरु समक्ष यसको दोश्रो संस्करण Nepal Idol 2, AP1 HD आज साउन २४ गते देखी हरेक हप्ताको बिहिबार र शुक्रबार राती ८ः३० देखि प्रसारण हुदैछ ।
अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने Nepal Idol 2 को प्रस्तोतामा भने रिमा विश्वकर्मासंग नयाँ अनुहार देख्न पाइने भएको छ । उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् ।
‘मन जित्छ उसले , सुमधुर गाउँछ जसले ‘ भन्ने नाराका साथ अडिशन राउण्डका कार्यक्रम प्रसारण गर्दै शुरुहुने का बिजेताले २० लाख नगद, एउटा , एउटा एलबमको सम्झौता रWorld Tour अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र World Tour मध्य एक छनौट गर्न पाउने छन ।
नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामाले पहिलो स्थान प्रप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश : दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।





