
२१ साउन २०७५, काठमाडौं
सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दीको टुंगो लगाएको छ।
संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयको अन्तिम टुंगो लगाएको छ। सोअनुसार सात प्रदेशमा २१ हजार ३ सय ९९ कुल दरबन्दी कायम गरिएको छ।
ओएनएम सर्भेमा जनाइएअनुसार प्रदेश १ मा ३ हजार ६ सय २८, प्रदेश २ मा ३ हजार १ सय ३२, प्रदेश ३ मा ३ हजार ५ सय ५५, गण्डकी प्रदेशमा २ हजार १ सय १४, प्रदेश ५ मा ३ हजार ८ सय २१, कर्णाली प्रदेशमा २ हजार २ सय ३६ र प्रदेश ७ मा २ हजार ६ सय १३ कर्मचारीको दरबन्दी कायम गरिएको छ। सातवटै प्रदेशमा सचिवको दरबन्दी ७, सहसचिव (अप्राविधिक ४२, प्राविधिक ७०), उपसचिव (अप्राविधिक) २ सय ४४ र प्राविधिकतर्फ उपसचिव ६ सय ५५ दरबन्दी कायम गरिएको छ।, आजको नागरिक दैनिकमा यो खबर छ ।





