पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेहालः विशेषज्ञ डाक्टर छैनन्, उपकरणले काम गर्दैनन्



२० साउन २०७५, कास्की

गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहि रोगका बिशेषज्ञ चिकित्सकको संख्या शुन्य छ भने करोडौंका उपकरण कामै नगर्ने भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

दैनिक एक हजार भन्दा बढी विरामीको भिड हुने सो अस्पतालमा सेवा नपाउँदा आर्थिक अवस्था कमजोर भएका विरामीले महंगा नीजि अस्पतालमा उपचार गर्नु परेको छ ।

सो अस्पतालमा अहिले बाल, न्युरो, मुटु, र छातीका सर्जन विशेषज्ञ डाक्टर बिहीन छ । ति रोगका एक÷एक विशेषज्ञ डाक्टरको दरबन्दी रहेपनि जनशक्ति नपाएको प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले बताए । अस्पतालमा सहज सेवा दिनका लागि यि विषयमा चार जनाका दरले विशेषज्ञ डाक्टरको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्