विकासमा भक्तपुर मोडल



१९ साउन २०७५, भक्तपुर

शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, पुनर्निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थित सहर निर्माणलगायतका क्षेत्रमा गरेका नमुना कामहरू हेर्न देशभरका जनप्रतिनिधि अहिले भक्तपुर नगरपालिकाको अवलोकनमा आउन थालेका छन् । आजको नयाँ पत्रिकामा मुख्य समाचार छ ।

गैरसरकारी संस्था निषेध
कामभन्दा प्रचार धेरै गर्ने, स्थानीय सूचना विदेशसम्म पु(याउने भन्दै नगरपालिकाले एनजिओको उपस्थिति शून्यमा झार्ने नीति लिएको छ । मल्लकालीन एक सम्पदाको नक्सा बेलायतको लाइब्रेरीमा भेटिएपछि सूचना चुहिने निष्कर्ष नगरपालिकाले निकालेको हो ।

सिसडोल डम्पिङसाइटमा थोरै मात्र समस्या आउँदा काठमाडौं र ललितपुर महानगर मात्रै होइन, बनेपा नगरपालिकासमेत फोहोरले दुर्गन्धित बन्छ । काठमाडौं उपत्यकाका अन्य स्थानीय तहको हालत पनि उस्तै छ, भक्तपुर नगरपालिकाबाहेक । स्वास्थ्य, शिक्षा, उद्योग, फोहोर व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षणलगायत समग्र विकासमा भक्तपुर नगरपालिका नमुना बनेको छ ।

प्रतिक्रिया दिनुहोस्