सिंहदरबारमा कर्मचारीको आन्दोलन



१९ साउन २०७५, काठमाडौं

विभिन्न मन्त्रालयमा कार्यरत करिब ३२ हजार अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर धरापमा परेको भन्दै त्यसका विरुद्ध ती कर्मचारीले सिंहदरबार ठप्प पार्ने बताएका छन् ।

बर्षौंदेखि विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीलाई सरकारले अवकाश दिएपछि त्यसविरुद्धमा चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले सरकारलाई पाँचदिने अल्टिमेटम दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

त्यति गर्दा पनि माग सुनुवाई नभए सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने समेत अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी श्रमिक संघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्